६ बैशाख २०८१, बिहीबार 1713482739
राजनीति

कपनको आगलागी निरीक्षणमा डा.राजन भट्टराई, नगर प्रमुख र उपप्रमुख नियन्त्रण र उद्दारमा सक्रिय

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको राम मन्दिरको  एक घरमा भिषण आगलागी भएको छ।  कपन राममन्दिर नजिक रहेको टंक घिसिङको घरमा संचालित हिमालय एडभेन्चर प्रालि ट्रेकिङ एजेन्सीको कार्यालयमा आगलागी भएको हो ।

घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको  घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने घाइते एक जनाको उपचार भैरहेको छ।

यसैक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई आगलागी स्थलमा पुग्नुभएको थियो । सो स्थानमा भएको आगलागी स्थलमा पुगेका डा.भट्टराईले घरधनी घिसिङसंग कुराकानी गर्दै घटना प्रति दुख व्यक्त गर्नुभएको थियो ।

चर्चित पर्वतारोही निर्मल पुर्जाले संचालन गरेको हिमालय एडभेन्चरका कर्मचारीहरुको मृत्यु भएको घटना स्थलमा डा.भट्टराई संगै नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा पनि साथमा रहनुभएको थियो ।

आगलागीको सुचना प्राप्त गर्ने वितिकै घटना स्थलमा पुगेका नगर प्रमुख र उपप्रमुख आगलागी नियन्त्रण र उद्दारमा सक्रिय बनेका थिए । सो स्थलमा पुगेका नगर प्रमुख मिठाराम अधिकारीले घाइते र पिडितलाई सहयोग गर्ने बताउनुभएको छ ।