१३ बैशाख २०८१, बिहीबार 1714024178
Banner

काठमाडौंको कपनमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कपनमा आगलागी भएको छ।

केहीवेर अघि कपनको एक घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

‘आगलागी भएको छ,’ उनले भने, ’अहिले घटनास्थलमा छौं। थप विवरण आउन बाँकी छ।’

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।