८ बैशाख २०८१, शनिबार 1713621947
पालिका

निर्वाचन आयोगद्वारा भक्तपुरमा चार पालिकाका ५० जनालाई जरिवाना

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने भक्तपुरका चारवटा नगरपालिकाका ३३ प्रमुख तथा १७ उपप्रमुख गरी कूल ५० जना उम्मेदवारलाई जनही रु चार लाख ५० हजारका दरले जरिवना गरेको छ ।

आयोगका अनुसार भक्तपुरमा चार जना निर्वाचित नगर प्रमुख तथा उपप्रमुखसहित पराजित भएका विभिन्न दलका उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारलाई जरिवाना गरेको हो । आयोगको कारबाहीबाट कूल दुई करोड २५ लाख जरिवाना आयोगले असुल गर्ने भएको छ ।

निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई आयोगले गत साउन ३१ गते सात दिनभित्र स्पष्टीकरण पेश गर्न जारी गरेको सार्वजनिक सूचनाको समेत बेवास्ता गरेपछि गत भदौ ३१ गते आयोगको निर्णयले ढिलो गरी स्पष्टीकरण पेश गर्ने र स्पष्टीकरण नै नदिने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम जरिवानासहित कारबाही गरेको जनाएको छ ।