११ बैशाख २०८१, मंगलवार 1713926872
Banner

राष्ट्रपतिविरुद्ध सत्तारुढ ४ दलको विज्ञप्ती, जनमोर्चाले हस्ताक्षर गरेन (विज्ञप्तीसहित)

काठमाडौं – सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे विज्ञप्ति जारी गरेको छ ।

नागरिकता सम्वन्धि विधेयक निर्धारित १५ दिनको समयसिमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठवन्धनको ठहर छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ ।’

यस्तै संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य-मान्यतामा गम्भीर प्रहार भएको गठबन्धनको ठहर छ ।

विज्ञप्तिमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नु भएको छ । गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाको भने हस्ताक्षर छैन । सो पार्टीकी एक मात्र सांसद दुर्गा पौडेलले प्रतिनिधिसभामा विधेयकको विपक्षमा मतदान गर्नुभएको थियो ।