१३ बैशाख २०८१, बिहीबार 1714087244
Banner

राष्ट्रपतिको कदमबारे गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रपतिको कदमबारे संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो ।

बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर छलफल भएको नेताहरुले बताउनु भएको छ । सिट बाँडफाँटका विषयमा छलफल गर्न बोलाइएको गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे मात्रै छलफल भएको बताइएको छ ।