१२ बैशाख २०८१, बुधबार 1713958934
पालिका

२१ वर्षीय युवाले गरे मेयरमा उम्मेदवारी घोषणा

कैलाली – आसन्न स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

स्थानीय स्तरमा सामाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नको लागि स्वतन्त्र रूपमा राजनीतिमा सक्रिय भएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरूमाझ लोकप्रिय छन् ।

असहाय बालबालिकाहरूको लागी सहारा बन्दै आएका, आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने व्यक्तिको लागी सहयोग अभियान सञ्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छन् ।

‘यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरूले जिम्मेवारी लिन समय हो । यो समय मत सर्वेक्षण गर्ने समय पनि हो ।’ भाटले भने, ‘नतिजाले प्रभाव पक्कै पार्ने छैन।’