१३ बैशाख २०८१, बिहीबार 1714107334
खेलकुद

साफ फाइनलमा पराजयपछि प्रशिक्षक थापाद्वारा राजीनामाको घोषणा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन् । आज भएको साफ महिला च्याम्पियनसिपमा नेपाल उपाधि चुम्नबाट चुकेपछि थापाले राजीनामाको घोषणा गरेका हुन् ।

परिणाम नल्याउनेले पद ओगटेर बस्नु नहुने उनले बताए । आफूले ७ हप्तामा जेजति गरेको भए पनि नतिजा दिन नसकेको र आफ्नो ठाउँमा कोही योग्य मान्छे आउनुपर्ने उनको भनाइ थियो ।

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक बनाएको थियो ।