१९ माघ २०७९, बिहीबार 1675322407
Banner

साफ महिला च्याम्पियन्सिपको उपाधि बंगलादेशलाई

काठमाडौँ- साफ महिला च्याम्पियन्सिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

सोमबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरेको थियो । त्यस लगत्तै नेपालले एक गोल खान पुग्यो । यससँगै नेपाल उपविजेतामै सीमित हुन पुग्यो ।