१३ बैशाख २०८१, बिहीबार 1714059643
Banner

संसद् बैठक बस्दै, एमसीसी टेबल नहुने सम्भावना

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन ।

संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ ।अवरोध खुलाउने विषयमा पनि छलफल हुनेछ । त्यसअघि, आजै बिहान सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक पनि बस्दै छ । बैठकले एमसीसीलगायत विषयमा निर्णय गर्ने बुझिएको छ ।