७ बैशाख २०८१, शुक्रबार 1713516730
Banner

डोजर लिएर टुकुचा उत्खनन् गर्दै काठमाडौं महानगर

काठमाडौं । राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।

सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो । सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ ।

महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ ।