११ बैशाख २०८१, मंगलवार 1713877210
खेलकुद

साफ महिला : आज फाइनलमा बंगलादेश र नेपाल भिड्दै

काठमाडौं-साफ महिला च्याम्पियनसिप फुटबलअनगर्त आज फाइनलखेल हुँदेछ । आज हुने फाइनलमा खेलमा नेपाली टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार आज साँझ ५:३० बजे सुरु हुनेछ । आज हुने खेलमा जुन टिमले जिते पनि साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउने छ । यसअघिका सबै खेल भारतले जित्दै आएको थियो । पाँच साफ फुटबल च्याम्पियनसिपमा मध्ये चारमा नेपाललाई हराउँदै भारतले उपाधि लिएको थियो भने एउटामा भारतले गलादेशमाथि विजयी हाँसिल गरेको थियो ।

यो पटक नेपाल र गलादेश दुबै उपाधि जितेर ऐतिहास रच्चने दाउमा छन् ।