७ बैशाख २०८१, शुक्रबार 1713566262
Banner

बेलायती महारानी एलिजावेथ द्वितीयको आज अन्त्येष्टि गरिदै, विश्वका प्रमुख नेताहरु लण्डनमा

काठमाडौं । बेलायती महारानी एलिजावेथ द्वितीयको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिर्दै छ । बेलायती महारानीको अन्तिम संस्कारमा विश्वभरका शीर्ष नेताहरु यतिबेला लण्डनमा छन्।

अन्त्येष्टिमा राजपरिवारका सदस्यमा राजा चार्ल्स , क्यामिला, महारानीका नाति विलियम र हेन्रीका साथमा राजकुमारी बेट्राइस, युग्लेना, जारा टिन्डल, पिटर फिलिप्स,लेडी लाउस विन्डसोर, जेम्स र भिस्काउन्ट सभर्न पपन उपस्थित हुने जनाइएको छ।

स्पेनका राजा फिलिप र रानी लेटिजिया सो समारोहमा उपस्थित हुने छन्। नर्वे, स्विडेन, डेनमार्क र मोनाकोको राज परिवारका सदस्यपनि सहभागि हुनेछन। भारतकी राष्ट्रपति द्रौपदी मुर्मु पनि त्यहाँ समावेश हुने छिन्। अमेरिकी राष्ट्रपति जो वाइडेन प्रथम महिला जल वाइडेनसँगै त्यहाँ उपस्थित हुने जनाइएको छ। आयरल्यान्डका टायोसेक माइकल मार्टिन, जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेइर, इटालियन राष्ट्रपति सर्जियो माटरेला र फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोन पनि उपस्थित हुने छन्। नेपालका तर्फबाट भने परराष्ट्रमन्त्री डा. नारायण खड्काको सहभागिता रहेको छ ।

महारानीको अन्तिम संस्कारमा हजारौँ जना उपस्थित हुने अपेक्षा गरिएको छ। त्यसै समारोहमा उनको ७० वर्षे काललाई स्मरण गरिने छ। लन्डनको सडकमा हजारौँ जना एकै पटक उपस्थित भएर शोक व्यक्त गर्ने छन्।

उनको अन्तिम संस्कार कार्यक्रमलाई टेलिभिजनमा देखाइने छ। सोमबार बिहान ११ बजे कार्यक्रमको सुरुवात हुनेछ। महारानी द्धितीयाको निधनमा आज बेलायतले सार्वजनिक विदा दिएको छ ।