७ बैशाख २०८१, शुक्रबार 1713552038
Banner

सर्वोच्चमा फर्कने तयारीमा रहेका चोलेन्द्रलाई सरकारले गेटमै लगाईदियो ताला


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार रहँदा सरकारले निवासकै गेटमा तालाबन्दी गरिदिएको बताएका छन् ।

संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन् ।

‘म ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसानुसार तयार भएको थिएँ तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।’ जबराले भने ।
यता नेपाल बार एशोसिएशनको आकस्मिक बैठकले पनि जबरालाई सर्वोच्च छिर्न नदिने र गेटमै धर्ना बस्ने निर्णय गरेको छ।