२५ माघ २०७९, बुधबार 1675886757
Banner

आज सर्वोच्च फर्कर्दै चोलेन्द्र, जबरालाई छिर्न नदिने सरकारको तयारी

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च फर्किने तयारी गरेका छन् । जबराले सर्वोच्चको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका हुन् ।

उनीविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट उनी सर्वोच्च फर्किने तयारीमा छन् । यता, प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय हुने दाबी राणाको छ ।

यता सर्वोच्च अदालतले भने जबरा सर्वोच्च फर्किने औपचारिक जानकारी नआएको जनाएको छ । राणा सर्वोच्च फर्किने तयारि गरेपछि नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले रोक्ने तयारी गरेका छन् । सरकारले पनि सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । अहिले सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।