२५ माघ २०७९, बुधबार 1675882158
Banner

समानुपातिक नामावली टुंग्याउन एमाले सचिवालय बैठक बस्र्दै

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा एमालेको सचिवालय बैठक बस्र्दै छ । हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आइतबार बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले हिजोको बैठकलाई जानकारी गराउनुभएको बताउनुभयो । बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उहाँले बताउनुभयो ।

बैठक आज बिहान ११ बजे बस्ने गुरुङले जानकारी दिनुभयो ।