८ बैशाख २०८१, शनिबार 1713599018
Banner

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ । शुक्रबार राति खसेको पहिरोमा पुरिएका उनीहरूको सनाखत भएको छ ।

अछामका तिनै पालिकामा गरी मुत्यु हुनेको संख्याया २२ पुगेको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

पहिरोमा पुरिएर ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाहीको मृत्यु भएको छ ।

यस्तै, कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामीको पहिरोमा पुरिएर मृृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अछामले जनाएको छ ।

यसैगरी, कमलबजार नगरपालिका–८, ढुंगलाका २६ वर्षीय गम्भीर दमाईं, २३ वर्षीया भाना दमाईं, ६ वर्षीय डिग्रा दमाई, तीन वर्र्षीय कलु दमाईं र चार वर्षीया कल्पना दमाईको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।