११ बैशाख २०८१, मंगलवार 1713879110
Banner

सत्तारुढ गठबन्धनको बैठक विना निश्कर्ष टुंगियो, भोलि विहान पुनः बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई घण्टा एमसीसीका विषयमा छलफल भएको हो । एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकको विना निष्कर्ष टुंगिएको छ ।

भोलि ९ बजे फेरि बैठक बस्नै गरि आजको बैठक सकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू, नेकपा एसका अध्यक्ष माधव नेपाल, माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी हुनुभएको थियो ।