७ बैशाख २०८१, शुक्रबार 1713549385
Banner

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौं । अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजाल बताए ।

उनका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ भने कमलबजार ६ ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ।

यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका रिजालले बताए।