१३ बैशाख २०८१, बिहीबार 1714109480
Banner

अछाममा पहिरोमा पुरिएर १२ जनाको मृत्यू

काठमाडौ । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

कमलबजार नगरपालिका ६ मा पहिरोले घर पुरिँदा ११ जनाको शव भेटिएको, ७ जना वेपत्ता भएको र एक दर्जनभन्दा बढी घाइते भएको जनाइएको छ । पहिरोमा पुरिएका अन्यको खोजी भइरहेको छ ।