१४ बैशाख २०८१, शुक्रबार 1714124446
अर्थ

अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

नेपाल उद्योग परिसङ्घ प्रदेश नं १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ ।

मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुनेछ । प्रदर्शनीमा नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हँुदै गएको आधुनिकीकरण, स्वास्थ्य क्षेत्रको नयाँ प्रविधि तथा सामग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने परिसङ्घले जनाएको छ । भारत, चीन, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकबाट प्रदर्शनीमा सहभागिता गराउने परिसङ्घको योजना छ ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने परिसङ्घको विश्वास छ । प्रदर्शनीस्थलमा आधुनिक चार वटा डोम र तीन सय ५० स्टलहरु रहने छन् ।