१२ बैशाख २०८१, बुधबार 1713968240
कला/साहित्य

फिल्म निर्देशक रेशराज आचार्यको निधन

काठमाडौं । बरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको हृदयघातले निधन भएको छ । उपचारको क्रममा राजधानीको ओम अस्पतालमा बुधबार बेलुका आठ बजे उनले निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ ।

एकवर्षदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या भएपछि ओम अस्पताल लगिएको थियो । बिहीबार बिहान पशुपति आर्यघाटनमा उनको अन्तिम दाहसंस्कार गरिएको छ ।

सन् २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’बाट निर्देशन यात्रा थालेका आचार्यको अन्तिम फिल्म गोपिकृष्ण मूभिजको ‘प्रीतिको फूल’ बन्यो । यो फिल्ममा राजवल्लभ कोइराला, गरिमा पन्त र युना उप्रेतीले अभिनय गरेका छन् । उनका एक श्रीमती र एक छोरा फ्रान्समा बसोबास गर्दै आएका छन् ।