६ जेष्ठ २०८१, आईतवार 1716104100
विश्व

भारतकाे उत्तर प्रदेशमा दुई किशाेरी झुन्डिएकाे अवस्थामा फेला, बलात्कार र हत्याको आराेपमा छ पुरुष पक्राउ

भारत (नयाँ दिल्ली) । भारतकाे उत्तर प्रदेशमा दुईजना किशोरी दिदीबहिनीलाई एउटा रुखमा झुन्डिरहेको अवस्थामा फेला पारिएको छ ।

यसलाई बलात्कार र हत्याको घटना हुनुपर्ने आशंका गरिएको छ । प्रहरीका अनुसार बुधबार अपराह्न लखिमपुर जिल्लामा उनीहरूको शव भेटिएकाे हाे । उनीहरूका परिवारले उनीहरूलाई अपरहण गरी बलात्कार गरिएको उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बलात्कार र हत्याको अभियोगमा छजना पुरुषलाई पक्राउ गरिएको छ ।

शवलाई पोस्टमार्टमका लागि पठाएको छ । दुवै १८ वर्षमुनिका किशाेरी दलित समुदायका हुन् । 

भारतको संविधानले संरक्षण गरेपनि दलित समुदायले निरन्तर पूर्वाग्रह र हिंसा भोग्दै आएको छ ।

सन् २०२० मा उत्तर प्रदेशको हाथ्रास जिल्लामा एक १९ वर्षीया दलित महिलाको सामूहिक बलात्कार पछि हत्या हुँदा व्यापक जनआक्रोश फैलिएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार पछिल्लो घटनामा संलग्न ती दुई किशोरीलाई पुरुषहरूले मोटरसाइकलमा राखेर लान खोज्दा रोक्न पुगेकी उनीहरूका आमालाई पनि आक्रमण गरेकाे बताइएकाे छ ।

परिवारले उनीहरूको खोजी गरिरहेको र अन्ततः उनीहरूलाई झुण्डिएको अवस्थामा भेटाएको बताएको छ ।

बीबीसीबाट ।