१३ बैशाख २०८१, बिहीबार 1714056500
Banner

एमसीसी सम्झौता टेबल गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषदको बैठक आव्हान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । मन्त्रिपरिषद् बैठक बिहीबार अपराह्न साढे ३ बजे बस्ने प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

यसैगरी, आजै दिउँसो ३ बजे बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । दिउँसो ३ बजे तय भएको बैठक ५ बजेका लागि सारिएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो ।

अमेरिकी मिलिनियम च्यालेन्च कर्पोरेसन एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमै गठबन्धनभित्र विवाद भएपछि त्यसबारे छलफल गर्न गठबन्धनको बैठक बोलाइएको छ ।

बुधबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीमा सरकारले जबर्जस्ती गरे सरकारबाट बाहिरिने र विपक्षमा मतदान गर्ने चेतावनी दिएको छ ।