७ बैशाख २०८१, शुक्रबार 1713508008
पालिका

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध 

मुस्ताङ- अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

मुस्ताङको थसाङ गाउँपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज बिहान पहिरो खसेको थियो ।

पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।