८ बैशाख २०८१, शनिबार 1713637009
प्रदेश

ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको मृत्यु

काठमाडौँ- ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बृद्धा महिला रहेकी प्रहरीले जनाएको छ ।

बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी र उनलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।