२५ माघ २०७९, बुधबार 1675873499
Banner

महाभियोग सिफारिस समितिमा ७ अधिवक्तासँगको बयान जारी

काठमाडौं – महाभियोगमाथि बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका कानून व्यवसायीहरुसँग महाअभियोग सिफारिस समितिको छलफल सुरू गरेको छ।

नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरुसँग छलफल सुरू भएको हो ।

समितिको बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल सहभागी भएका छन् ।

बैठकमा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र अधिवक्ता हर्क रावल पनि आए पनि उहाँहरूको नाम चोलेन्द्रले नलिएको भनी बैठकमा सहभागी गराएनन् ।