१३ बैशाख २०८१, बिहीबार 1714042015
विश्व

ब्राजिलमा बाढी पहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी एकैदिन परेपछि पहिरो आएको र डुबान भएको हो।

बाढी-पहिरोमा परी केही घरहरू भत्किएका छन् भने सडकमा भएका सवारी साधन बगेर गएका छन्।  मानिसहरूले विद्यालयमा आश्रय लिइरहेका छन्। मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

पछिल्लो डिसेम्बरदेखि ब्राजिलमा भारी वर्षाका घटनाहरू धेरै हुने गरेका छन्। एजेन्सी