२२ बैशाख २०८१, शनिबार 1714865442
Banner

चिनियाँ नेता ली आज स्वदेश फर्किँदै

काठमाडौं- नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्सु आज स्वदेश फर्कने कार्यक्रम छ ।

सोमबार नेपाल आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय ली आज बिहान विशेष विमानमार्फत स्वदेश फर्कनु हुनेछ । नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।