२० माघ २०७९, शुक्रबार 1675471505
Banner

जापान उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्कियो

काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ ।

कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाजमा समस्या आएको हो । प्राविधिक जाँचपछि उडानको तयारी भइरहेको छ ।