७ बैशाख २०८१, शुक्रबार 1713558449
Banner

प्रचण्डको ध्यान पदमा, माधवको ध्यान कदमा

आगामी आम निर्वाचनमा जनताले आफ्नो सार्वभौमिक अधिकार कसरी अभिव्यक्त गर्लान् भन्ने विभिन्न अड्कलवाजी गरिंदैछ । एनकेन प्रकारेण जनताको अभिमत आफूतिर पार्न सबै दल र तिनका शीर्ष नेताहरू अहोरात्र खटिरहेको देखिन्छ । बाहिरी रूपमा सबैका चुनावी गतिविधि उस्तै देखिए पनि सार र उदेश्यमा तिनीहरू आनका तान फरक छन् ।

के पी शर्मा ओली
समकालीन नेपाली राजनीतिका सबभन्दा लोकपृय नेताको रूपमा नेपाली जनताले एमाले अध्यक्ष के पी शर्मा ओलीलाई लिएका छन् । एक्लाएक्लै चुनावी मैदानमा ऊत्रँदा सबैलाई भ्याकुरो पछारेझैं पछार्न सक्ने तागत ओलीमा भएकै कारणं पाँच दल मिलेर ओलीको विरूध्दमा पौंठेजोरी खेल्न तयार भएका छन् । दुई पटक मृगौला प्रत्यारोपण गराएका ओली देश र जनताको लागि १८ देखि २० घण्टा दैनिक खटिरहेका छन् । उनी देशको जुन कुनामा जान्छन् , त्यहाँ अरू पार्टीमा ठूलै पहिरो जान्छ । समाजवादको आधार तयार पार्ने, उन्नत कूटौनीतिमार्फत् देशलाई स्वतन्त्र र सबल बनाउने, आफ्नो अघिल्लो कार्यकालका अधुरा काम सम्पन्न गर्ने, देशको विकास र जनताको पीरमर्का हटाएर ‘सुखी नेपाली, समृध्द नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो नेतृत्वमा एमालेको बहुमतको सरकार बनाइदिन जनतालाई निरन्तर अपील गरिरहेछन् ।

शेरबहादुर देउवा
पटक–पटक प्रधानमन्त्री भए पनि देश र जनताको पक्षमा माखो मार्न नसकेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा एकीकृत कम्युनिष्ट पार्टीबाट उछिट्टिएका प्रचण्ड र माधवको वैशाकी टेकेर आगामी आम निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्दैछन् । पश्चिमा शक्तिको इशारामा चल्ने भनेर चिनिएका देउवा विवादित एमसीसी संसदबाट पारित गराएकोमा गर्व गर्दैछन् । असंलग्न परराष्ट्र नीतिमा अडिग नेपाललाई नजानिंदो पाराले अमेरिकी धुरीमा पुर्याउन उद्दत छन् उनी । प्रचण्ड र माधव नेपाललाई विरालोले मुसो खेलाएझैं खेलाएर कांग्रेसको पोल्टामा बहुमत पुर्याउने र उनीहरूलाई लात हानेर कांग्रेसी एकाधिकार कायम गर्ने ग्र्यान्ड डिजाइनसहित उनी चुनावी मैदानमा छन् । देशको अग्रगतिको लागि कुनै अजेण्डा नहुनु, विगतको कम्युनिष्ट सरकारले गरेका युगीन महत्वका राम्रा कामको विद्रुपीकरण गर्नु र राज्यको दोहन गरेर आफ्ना आसेपासेको भरणपोषण गर्नु देउवाका केही विशेषता हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपालको राजनीतिमा करिब तीन दशकदेखि अस्थीरताको प्रमुख सम्बाहक बनेका प्रचण्ड ‘भद्रगोलमा गोल गर्ने’ योजना हाकाहाकी बताउँदै आएका छन् । कुनैबेला माओवादलाई अन्तिम सत्य मान्दै संसदीय व्यवस्थाको उछित्तो काड्न जङ्गल पसेका प्रचण्ड अहिले संसदीय व्यवस्थाकै टिम फेरिरहने अविश्वसनीय खेलाडी बनेका छन् । हिजो माओवाद, नौलो जनवाद, सर्वहारा सांस्कृतिक क्रान्ति, सर्वहारा अधिनायकत्वजस्ता पदावली खेलाएर ‘जनयुध्द’ सञ्चालन गरेका प्रचण्ड जीवनको उत्तरार्ध्दमा ती सबै विषय त्यागेर आफ्ना परिवारलाई मालदार पद र आफ्नोलागि प्रधानमन्त्री पदको लागि ‘लास्ट इनिङ’ गर्दैछन् । उनका लागि अब माओवाद, क्रान्ति अन्तिम सत्य होइन, पद अन्तिम सत्य हो । विदेशी शक्तिसँग त्वम् शरण् गरेर होस् वा देशका घोर दक्षिणपन्थी शक्तिसँग घाँटी जोडेर होस् अब एक पटक प्रधानमन्त्री पद चाहिएको छ । वाद, विचार, सिध्दान्त तिलाञ्जली दिएर भए पनि एक पटक प्रधानमन्त्री हुने उनको अन्तिम लक्ष हो ।

माधव नेपाल
जननेता मदन भण्डारीको अकल्पनीय देहवसान भएपछि एमालेको महासचिव बनेका माधव नेपालले एमालेलाई १५ वर्षसम्म ‘न भाले न पोथी’को हालतमा पुर्याए । जब उनी पार्टी सत्ताबाट बाहिरिए, एमालेलाई ऐंठन दिने काम गर्न थाले र अन्ततोगत्वा एमालेलाई नै सिध्याउने उदेश्यले प्रतिक्रियावादीसँग साँठगाँठ गरेर एमाले चोइट्याए । पौराणिक कालमा एकपटक एक ऋषि जङ्गल विचरण गर्दै थिए । उनले एक अजिङ्गरले आफ्नो पुच्छर आफैं निल्दै गरेको देखे । उनले सोचे( त्यो अजिङ्गरले त्यसरी नै आफैंलाई खाइरह्यो भने केही बाँकी रहँदैन । अजिङ्गरको त्यो अवस्थाबाट शून्य ९०० अङ्कको उत्पत्ति भयो भनिन्छ । माधव नेपालको अहिले त्त्यही हालत छ । उनी आफैंले आफैंलाई खाँदैछन् । अर्थात् शून्यताको दिशामा जाँदैछन् । शारीरिक रूपमा समेत सानो कद भएका माधव नेपालको राजनीतिक कद घटेर लिलिपुटको तहमा पुगेको छ । आम निर्वाचन नजिकिंदै जाँदा माधव समूहका धेरै जिल्ला खाली नै गराएर नेता(कार्यकर्ता आफ्नो मूल घर एमाले फर्किएका छन्, फर्कने लाइनमा छन् । एक्लिदै गएका माधव नेपालले कुनै पद पाउने संभावना त छैन नै उनलाई आफ्नो कद जोगाउन कुनै हालतमा जोगाउन नसक्ने हालतमा पुगेका छन् ।

उपेन्द्र यादव
मधेश आन्दोलनको मसिहामात्र होइन, उपेन्द्र यादव आफूलाई मधेशकै मसिहा ठान्दछन् । मधेशका केही मुद्दा उठाएर उदाएका यादव आफ्नै निरङ्कुश कार्यशैलीका कारण दिनानुदिन अलोकपृय हुँदैछन् । उपेन्द्र छोडेर धेरै नेता(कार्यकर्ता एमाले प्रवेश गरिरहेको अवस्था देख्दा लाग्छ( मधेशमा क्रान्ति हुँदैछ । मधेशी जनताको परिवर्तनको चाहना उपेन्द्र वा महन्थ कसैले पूरा गर्न सक्दैनन् बरू त्यो एमालेले पूरा गर्न सक्छ भन्ने भाव मधेशभर पैदा भएको छ ।

बाबुराम भट्टराई, वामदेव गौतम, मोहनविक्रम, विजक्छेको धेरै चर्चा गर्नु आवश्यक छैन ।