१३ बैशाख २०८१, बिहीबार 1714069110
Banner

राणामाथी आवश्यक निर्णय लिन महाअभियोग सिफारिस समिति बैठक आजपनि बस्र्दै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आजपनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज बिहान नौं बजे समितिको बैठक पुनः बोलाइएको हो ।

जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।

जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो । हिजोको बैठककमा प्रश्न नम्बर ३६ देखि ४३ नम्बर सम्मको प्रश्न सोधी जवाफ लिने काम भएको समितिको जनाएको छ ।