१२ बैशाख २०८१, बुधबार 1714010384
प्रदेश

देशभर मौसम बदली, वाग्मतीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना

काठमाडौं- देशका केही भागमा बिहानैबाट वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भाग केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका कारण पहाडी तथा भिरालो जमिनमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।