७ बैशाख २०८१, शुक्रबार 1713507983
खेलकुद

मनाङको लक्ष्य शीर्ष दुई, आज एकै समयमा दुई खेल हुँदै

काठमाडौँ ।  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौँ चरणको अन्तिम दिन आज  दुई खेलहरू हुँदै छन् । 

दुवै खेल दिउँसो १ः०० बजे दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । त्रिपुरेश्वरस्थित  रङ्गशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चाहन्छ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ । 

मनाङ १० खेल २० अङ्क जोडेर दोस्रो स्थानमा  छ । एपीएफ १० खेलमा ११ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी १० खेलमा १४ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ ।

सङ्कटा १० खेलमा १५ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । जारी लिगमा दुई खेल बाकी रहँदै मच्छिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ ।