८ बैशाख २०८१, शनिबार 1713616491
विश्व

एनआरएनए युकेका अध्यक्ष गाहामगर बर्खास्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर बर्खास्तीमा परेका छन् । एनआरएनए केन्द्रले संघको हितविपरितका गतिविधि गरेको ठहर गर्दै उनलाई बर्खास्त गरेको हो । संघका महासचिव गौरीराज जोशी र महासचिव डा केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रुपमा मगरले संघको विधान विपरित विवादास्पद, गैर जिम्मेवार र अवाञ्छित कृयाकलापमा संलग्न भएको ठहर गरिएको छ ।

सोही अनुसार यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्य समितीको बहुमतको निर्णय उनलाई अध्यक्षको रुपमा अविश्वास गरी कारवाही गरेको थियो । सो सम्बन्धमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संसोधन सहित) को धारा ४१ अनुसारको पत्र केन्द्रमा आएपछि अध्ययन गर्दा कारवाही गर्नु पर्ने प्रयाप्त आधार र कारणहरु देखिएको संघले जनाएको छ ।