१२ बैशाख २०८१, बुधबार 1714023693
Banner

अध्यक्ष लीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने

काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । अध्यक्ष लीले अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यतालिका छ ।

लीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटगर्नुभएको थियो । चिनियाँ प्रतिनिधिमण्डलले आज बिहान भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने र त्यसपछि राष्ट्रपति भवन शितल निवास जाने छ । अध्यक्ष लीको नेतृत्वमा छजना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।