७ बैशाख २०८१, शुक्रबार 1713575298
Banner

चान्सुको भ्रमणले अस्तव्यस्त काठमाडौं (तस्विरहरु)

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सुको सवारीको कारण आज राजधानी काठमाडौँका विभिन्न सडक प्रभावित भएका छन् । चान्सु बिहानैदेखि उच्चस्तरीय भेटवार्तामा निस्किएपछि सवारी आगमन प्रभावित भएको छ।

भीआईपी सवारीको कारण तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु कालीमाटी हुँदै सोल्टी होटेलसम्मको सवारी आवागमन प्रभावित बनेको छ । सार्वजनिक सवारी उक्त रुटमा चलाउन नदिँदा यात्रुहरु मारमा परेका छन् । यी रुटमा सवारी आवागमनमा प्रभावित हुँदा सर्वसाधरण घण्टौं लामो जाममा बस्नु परेको छ ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार आज बिहान पौने ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

त्यस्तै साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित बन्यो ।

त्यस्तै दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।