२५ माघ २०७९, बुधबार 1675877056
खेलकुद

पावर लिफ्टिङ प्रतियोगिता हुँदै

नेपाल पावर लिफ्टिङ सङ्घले स्व रुप कार्कीको स्मृतिमा दोस्रो राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिताको आयोजना गर्न भएकोे छ । सङ्घका अध्यक्ष सुन्दर भुसालले राष्ट्रिय खेलमा सहभागी बनाएर उत्कृष्ट पावर लिफ्टिङ खेलाडी अन्तर्राष्ट्रिय रुपमा सहभागी गराउने प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

यहि भदौ ३१ देखि असोज १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ २१ वर्षमुनिका जुनियर र ४५ वर्षमाथिका सिनियर त्यसैगरी महिलातर्फ ५५ केजिमुनिका ५५ दशमलव एकदेखि ६३ केजीसम्म र ६३ केजीभन्दा माथिका सहभागी हुनेछन् ।

नेपालमा पछिल्लो समय पावर लिफ्टिङमा आकर्षण बढ्दै गएको भन्दै उहाँले प्रतियोगितामा एक सय ५० भन्दा बढी खेलाडीको सहभागिता हुने बताउनुभयो ।