१३ बैशाख २०८१, बिहीबार 1714072553
विश्व

ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु

एजेन्सी । ट्युनिसियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तिमा ११ जना मानिसको मृत्यु भएको छ ।

साेही दुर्घटना १२ जना बेपत्ता भएका हुन् । ३७ आप्रवासीसहित ट्युनिसियाको स्फ्याक्स क्षेत्रबाट इटालीतर्फ जाँदै गरेको डुंगा डुबेको हो । घटनामा १४ जनाको उद्धार गरिएको छ । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको समाचारमा उल्लेख गरिएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष १ हजार भन्दा बढी आप्रावासीको मृत्यु भइसकेको छ । विभिन्न देशबाट गैरकानूनी रूपमा युरोप र उत्तर अमेरिका पुग्ने क्रममा वर्षेनी सयौंको अकालमा मृत्यु ज्यान जाने गरेको छ ।