१४ बैशाख २०८१, शुक्रबार 1714116180
फिचर

चितुवासँग लडेर पनि बाँचे गुल्मीका यमबहादुर कुँवर

गुल्मी- गुल्मीमा चितुवाको अक्रमणमा परी एक जना घाइते भएका छन् । आक्रमणबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६, निन्नुचौरका ३० वर्षका यमबहादुर कुँवर घाइते भएका हुन् ।

आज बिहान खोरमा कुखुरा खान पसेको चितुवा धपाउने क्रममा कुँवरलाई चितुवाले आक्रमण गरेको थिययो । चितुवा झम्टन आएपछि कुँवर र चितुवाबीच केहीबेर झडप भएको थियो ।

झडपको क्रममा चितुवाको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चितुवाले खोरमा रहेका ठूला कुखुरा ६०/ ७० वटा र साना ५०/६० वटा कुखुरा मारेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणबाट घाइते भएका कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

उहाँको अवस्था सामान्य रहेको तर जीउका विभिन्न भागमा चितुवाले चिथोरेर घाउ बनाएको छ । घटना स्थलमा प्रहरी तथा बन कार्यालय गुल्मीको टोली पुगेको छ ।