२० माघ २०७९, शुक्रबार 1675471822
Banner

नेपाली राष्ट्रिय फुटबल टिम छाड्ने अल्मुताइरीको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गर्नु भएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गरेका हुन्।

गत कात्तिकमा उहाँले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गर्नु भएको थियो । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए ।