१३ बैशाख २०८१, बिहीबार 1714074715
राजनीति

गठबन्धनलाई बास्कोटाको प्रश्‍न : प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाउनुभएको छ ।

गठबन्धनका दलहरूलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

‘गठबन्धनको प्रमको उम्मेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरू जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ । गठबन्धनका दलहरू जनतालाई झुकाउन लागिपरेको उहाँको आरोप थियाो ।