१३ बैशाख २०८१, बिहीबार 1714084600
Banner

सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे आजपनि सहमति जुटेन, भोलि फेरि बैठक बस्ने

काठमाडौँ – सत्तारुढ दलका शीर्ष नेताको निर्णयक भनिएको छलफल निष्कर्षविहीन भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन असफल भएको हो । बैठक भोलि बिहान पुन बस्ने नेताहरुले बताएका छन् ।आजको बैठकमा कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष नेताहरुले छलफल गरेका थिए । तर, सिट बाँडफाँटको विषयमा कुनै उपलब्धी भएन ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्यस्त भएको भन्दै शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबारसम्मलाई स्थगित भएको थियो।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ ।