२० माघ २०७९, शुक्रबार 1675473747
विश्व

न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ बेपत्ता

न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ ।

प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन् । त्यसैगरी अन्य छ जनाको भने उद्धार गरिएको छ । उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ तर तीनजना यात्रु अझै फेला परेका छैनन्। काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।