२०७९ मंसिर २० मंगलवार 1670377090
अपराध

काठमाडौंबाट करिब ३ लाख रुपैयाँ नक्कली नोट बरामद

काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् ।

अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताउनुभयो । उहाँका अनुसार उनीहरूबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ ।