७ बैशाख २०८१, शुक्रबार 1713571093
विश्व

भारतमा गणेश मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर १५ जनाको मृत्यु

तस्वीर : भास्कर डटकम

काठमाडौँ – भारतका विभिन्न पाँच स्थानमा गणेशको मूर्ति विसर्जनका क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ।

हरियाणा र उत्तर प्रदेशका विभिन्न घटनामा उनीहरुको मृत्यु भएको हो। हरियाणाको महेन्द्रगढस्थित झगडोली नहरमा गणेशको प्रतिमा बिसर्जनका क्रममा ८ जनालाई बगाएको छ। जसमा ४ जनाको मृत्यु भएको छ भने चारै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उत्तर प्रदेशको विभिन्न स्थानमा भएको घटनामा ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। सोनीपतस्थित यमुना नदीमा ३ जनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता छन्।

यस्तै, सन्त कबीर नगरमा ४ बालबालिकाको डुबेर मृत्यु भएको छ। चारै जना एकै परिवारका दाजुबहिनी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै, ललितपुर र उन्नावमा पनि गणेश बिसर्जनका क्रममा डुबेर २–२ जनाको मृत्यु भएको छ।