१३ बैशाख २०८१, बिहीबार 1714098929
राजनीति

आफूहरूको माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँ : योगेश भट्टराई

नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताएका हुन् ।

एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।