१२ बैशाख २०८१, बुधबार 1713965118
राजनीति

आगामी चुनावपछि एमाले सरकारमा आउँछ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले ४ मंसिरको निर्वाचनपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गर्नुभएको छ ।

आज भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघको बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा उहाँले निर्वाचनपछि एमाले सरकारमा जाने दाबी गर्नुभएको हो ।

नेता बस्नेतले भन्नुभयो, ‘मंसिर ४ गते पछाडि नेकपा एमाले पुन: सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउने छ। एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ ।’

नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोप समेत लगाउनु भयो ।