१४ बैशाख २०८१, शुक्रबार 1714116072
Banner

सत्ता गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्दै जसपा

काठमाडौं – पाँच दलिय सत्ता गठबन्धनले सिट बाँडफाँटमा न्याय नगर्ने देखिएसँगै जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गर्ने संकेत गरेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार सिफारिशमा दलहरु व्यस्त भइरहँदा गठबन्धनको मुख्य घटक जसपाले गठबन्धन छोड्ने अन्तिम तयारी गरेको हो । यत्तिखेर जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई सम्मानजनक व्यवहार नभएको भन्दै एमालेसँग भित्रभित्रै सहकार्य सुरु गरिरहेका खुलास भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्क बढाएका उपेन्द्रले मधेश प्रदेशका ३२ सिटमा एमाले–जसपाले १६–१६ सिट लिएर जानेगरी प्रस्ताव राख्नुभएको हो ।

मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । यादवले ३२ मा १६ सिट प्रतिनिधिसभातर्फ लिने र प्रदेशसभातर्फ पनि ५०–५० प्रतिशत सिट लिएर जान सकिने प्रस्ताव राखेको स्रोतको दाबी छ  । यादवको प्रस्ताव अध्यक्ष ओली पनि सकारात्मक देखिनुभएको बताइएको छ । अध्यक्ष यादवले हिजोमात्र कुनैपनि बेला गठबनन्धन छोडिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ ।