१४ बैशाख २०८१, शुक्रबार 1714131935
Banner

सन्दीप लामिछानेले भने, सबै निराधार आरोपहरूको सामना गर्न सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कन्छु

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले जारी सीपीएल छाडेर केही दिनमै स्वदेश फर्किने बताएका छन्।

शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेको आरोप निराधार भएको भन्दै कानूनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

उनले आफू निर्दोष रहेको र कानूनले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्। ट्वीटमा भनेका छन्,’ निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय मिलोस्। सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ।’

गत मंगलबार १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि बिहीबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेको छ।