१२ बैशाख २०८१, बुधबार 1714003275
राजनीति

प्रचण्डकी बुहारी बीना कञ्चनपुर १ बाट एकल सिफारिस

कञ्चनपुर – नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र-१ मा पूर्वमन्त्री विना मगरको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

आज प्रतिनिधिसभाको लागि मगरको एकल नाम सिफारिस गरिएको हो । अघिल्लो पटक उहाँ कांग्रेस उम्मेदवार देवानसिंह विष्टलाई १९ हजार ५८४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य हुनु भएको थियो ।

३९ हजार २१ मत प्राप्त गरेर मगर विजयी हुँदा विष्टले १९ हजार ४३७ मत ल्याउनु भएको थियो ।

मगर २०७० सालको दोस्रो संविधान सभामा भने पराजित हुनु भएको थियो । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् ।

प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा मगर सिफारिस हुँदा जिउलाल चौधरी, प्रेम सिह बोहरा, मनोहर राना, मन्कु चौधरी, गोपाल काफ्ले, राम बहादुर देउकर(रक्तविज) र सीता विक समानुपातिकमा सिफारिस भएका छन् ।